Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा

गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा


काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको यही माघ ३० गते शुक्रबार सम्पन्न सभाले सेयरधनीहरूलाई १३ दशमलव पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समूहतर्फ सञ्चालकहरू श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण सेयरधनी समूहतर्फबाट बिमल पाण्डे, सञ्जिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भएपछि बसेका बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको बैंकको १३ दशमलव पाँच प्रतिशत बोनश सेयर वितरणपश्चात् चुक्ता पुँजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । सभाको लागि २०७७ माघ १२ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गतेसम्मका यस विकास बैंकका सेयरधनीले मात्र साधारणसभाबाट पारित बोनस सेयर प्राप्त गर्नेछन् गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया