Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता

कुमारी बैंक र टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता


काठमाडौं ।
कुमारी बैंक तथा टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यका साथ टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरी सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध जानकारी दिएको छ ।

यो सम्झौताअन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा पाँच प्रतिशत, त्रैमासिक सदस्यतामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत तथा वार्षिक सदस्यतामा ३० प्रतिशत छुट प्राप्त गर्ने प्रावधान रहेको छ ।

बैंकका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सक्नेछन् । बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया