Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारलक्ष्मी बैंकद्वारा स्मार्टफोन लोन सेवा सुरु

लक्ष्मी बैंकद्वारा स्मार्टफोन लोन सेवा सुरु


काठमाडौं  ।
लक्ष्मी बैंकले एफ्वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । बैंकका अनुसार स्मार्ट फोन लोन एक कर्जारूपी सेवा हो । यसअन्तर्गत योग्य ग्राहकहरूले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम दुई लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरूका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरूका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको छ । आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । यो कर्जा पूरै डिजिटल मैत्री भएका ले कुनै कागजपत्र तथा निवेदनविना नै लिन सकिन्छ र यो पूर्वस्वीकृत हुने हुँदा कुनै धितोविना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ । बैंकका अनुसार यो कर्जा उपलब्ध हुनेबित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया