Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफको तेस्रो वार्षिक साधारणसभा

महालक्ष्मी लाइफको तेस्रो वार्षिक साधारणसभा


काठमाडौं  ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही फागुन तीन गते सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सर्वसाधारणको लागि छुट्याएको ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदन पेस गरेको छ । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हसिाब र अन्य वित्तीय विवरण पारित गरेको छ ।

यसैगरी सभामार्फत संस्थापक सेयरधनी समुहका तर्फबाट आगामी चार वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घमिरिे निर्विरोधरूपमा सञ्चालकमा चयन भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया