Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य


काठमाडौं  ।
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरूको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको हो । उक्त सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरूलाई उक्त कर्जा सुविधा प्रदान गरिनेछ ।

यसरी प्रदान गरिने अधिविकर्ष तथा चालू पुँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँसम्म रहनेछ । उक्त कर्जाहरू व्यवसायको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिनेछ ।

बैंकले हाल एक सय ९२ शाखा सञ्जाल, एक सय ५६ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सेवासुविधाहरू उपलब्ध गराइरहेकोे कुमारीले स्थानीय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको विकासको निमित्त आगामी दिनहरूमा अझ प्रभावकारी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया