Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिजिटल भुक्तानीमा माछापुच्छ्रे बैंकको फड्को

डिजिटल भुक्तानीमा माछापुच्छ्रे बैंकको फड्को

धनगढीस्थित त्रिनगर कृषिउपज हाटबजारमा क्यूआर कोड सेवा सुरु


काठमाडौं ।
माछापुच्छ्रे बैंकले धनगढिस्थित त्रिनगर कृषिउपज हाटबजारमा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले त्रिनगर कृषिउपज हाटबजारमा क्यूआर कोडमार्फत भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुुन् ।

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले काठमाडौंबाहिर रहेको कृषिबजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक घिमिरेले गोलभेडा तथा टपरी किनेर क्यूआर कोडमार्फत उक्त सामानको रकम भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ गरेका थिए । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया