Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुदायिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा सम्पन्न

सामुदायिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले यही फागुुन छ गते बुधबार संस्थाका सञ्चालक समिति अध्यक्ष नन्दकुमार महर्जनको सभापतित्वमा काभ्रेको साँगास्थित लहरीखर्क रिर्सोटमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा अध्यक्ष महर्जनले संस्थाको गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४५ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ४७ करोड १५ लाख ५६ हजार रुपैैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड ९८ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ३३ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव २९ प्रतिशत रहेको थियो ।

गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ५७ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब दुुई करोड ९० लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड १८ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५० लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया