Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनी परिसरमा

नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनी परिसरमा


काठमाडौं ।
नेपाल बैंकले राष्ट्रिय बीमा कम्पनी परिसरमा पनि एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकका अनुसार बुधबार नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनीबिच उक्त कम्पनीका ग्राहकहरूबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्झौता भएको हो ।

साथै कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बैंकले सहुलियत दरमा विनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा कम्पनीका तर्फबट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन् ।

बैंकले हाल आफ्नो देशभर रहेका दुई सय चारवटा शाखा, ४१ वटा एक्स्टेन्सन काउन्टर, एक सय ४३ वटा एटीएम तथा अन्य विभिन्न विद्युतीय, डिजिटल माध्यमहरूबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया