Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’

गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’


काठमाडौँ  ।
गरिमा विकास बैंकले सजिलो अटो लोन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको गरिमाले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक आठ दशमलव ७५ प्रतिशत ब्याजदरमा गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।

यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८८ प्रतिशतसम्म अधिकतम १० वर्षको लागि कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी साबित हुने बैंकले बताएको छ । हाल बैंकले ३५ जिल्लामा एक सय छवटा शाखा कार्यालयहरू र ५१ एटीएमबाट आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय बंैकिङ सुविधा दिँदै आइरहेको छ ।



तपाईको प्रतिक्रिया