सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौँ ।
सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार गोंगबु शाखा प्राङ्गणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आबद्ध ५० होटल व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिनबहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन् ।
उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरूले नेपाली होटल व्यवसायी संघअन्तर्गतमा रहेका होटल तथा लजहरूमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । बैंकले हाललाई ५० होटल व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ र आगामी दिनहरूमा होटल संख्या थप गर्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ । नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममार्फत साना तथा मझौला उद्यमीहरू डिजिटल बैंकिङतर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ ।
ताजा अपडेट
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया