Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकबाट चितवन जिल्लाको ट्राफिक जरिबाना भुक्तानी सेवा सुरु

ग्लोबल आईएमई बैंकबाट चितवन जिल्लाको ट्राफिक जरिबाना भुक्तानी सेवा सुरु


काठमाडौँ  ।
ग्लोबल आईएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरूप चितवन जिल्लाभर सवारी नियम उल्लंघन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका हुन् । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमा यस किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायणप्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरेका छन् । बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७५ जिल्लामा बैंकको दुई सय ७० शाखा, दुई सय ४२ एटीएम, ४७ राजस्व संकलन एवं एक्सटेन्सन काउन्टर, दुई सय ४५ शाखारहित बैंकिङ सेवा तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया