Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकद्वारा २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान

प्रभु बैंकद्वारा २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान


काठमाडौँ  ।
प्रभु बैंकले महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङल्हामु गाउँपालिका, वडा नम्बर ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

एक कार्यक्रका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेका हुन् । यो कर्जाले कोभिड १९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट विमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीलाई ट्रेकिङका लागि चाहिने बन्दोबस्तीका समानको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया