Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार १६ दशमलव २३ उकालो लाग्यो

सेयर बजार १६ दशमलव २३ उकालो लाग्यो


काठमाडौं, पुस २३
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक १६ दशमलव २३ अंकले उकालो लागेर १२ सय १६ दशमलव ९२ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १३ अंकले उकालो लागेर दुुई सय ६४ दशमलव ८१ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १२ हजार चार सय ५७ वटा कारोबारमा ३८ लाख ८० हजार नौ सय ५० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब १० करोड २७ लाख ३६ हजार सात सय ४८ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार दुईवटा समूहको सूचक ओरालो लागेका छन् भने १० वटा समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव तीन अंकले उकालो लागेर एक हजार ९७ दशमलव ६४ अंकमा चढ्दा विकास बैंक समूहको सूचक पनि २६ दशमलव १८ अंकले उकालो लागेर १६ सय ४९ दशमलव २८ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि १७ दशमलव ५५ अंकले उकालो लागेर नौ सय ६० दशमलव ९० अंकमा चढ्दा लघुुवित्त समूहको सूचक पनि ३२ दशमलव नौ अंकले उकालो लागेर १७ सय ८८ दशमलव ९५ अंकमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि ८६ दशमलव ५६ अंकले उकालो लागेर चार हजार छ सय ७० दशमलव ८२ अंकमा चढ्दा जीवन बीमा समूहको सूचक पनि एक दशमलव चार अंकले उकालो लागेर पाँच हजार नौ सय ५९ दशमलव ४४ अंकमा चढेकोे छ । यीबाहेक ट्रेडिङ, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक दशमलव एक, पाँच दशमलव दुुई, एक दशमलव ५२ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् । होटल समूहको सूचक भने यसदिन आठ दशमलव ३७ अंकले ओरालो लागेर १९ सय २६ दशमलव २३ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि २२ दशमलव ६६ अंकले ओरालो लागेर २३ सय ९६ दशमलव ५१ अंकमा झरेको छ ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सिभिल लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० रूपैयाँले बढेर छ सय ९३ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९७ पैसाले बढेर आठ सय १६ रूपैैयाँमा किनबेच भएको छ । यीबाहेक सेन्ट्रल फाइनान्स, दिव्येश्वरी हाइड्रोपावर कम्पनी आदि परेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको बोटर्लस नेपाल तराई लिमिटेडको सेयर मूल्य तीन रूपैयाँ ९३ पैसाले घटेर छ हजार एक सय ४६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य तीन रूपैयाँ ७० पैसाले घटेर एक सय ७० रूपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा माछापुुच्छ्रे बैंक पहिलो स्थानमा परेको छ । बैंकको प्रतिकित्ता दुुई सय ३० रूपैयाँ अन्तिम मूल्यमा १९ करोड ४९ लाख १३ हजार चार सय १३ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको प्रतिकित्ता चार सय ३८ रूपैयाँ अन्तिम मूल्यमा छ करोड ४८ लाख छ सय ३३ रूपैयाँको कारोबार भएको छ । यीबाहेक प्रभुु बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन अपी पावर लिमिटेडको पाँच लाख ६७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने ग्लोबल आईएमई बैंकको एक करोड ३३ लाख छ हजार पाँच सय ५७ दशमलव ७९ कित्ता बाकेनस सेयर सुचीकृत भएका छन् । यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि सात लाख ५१ हजार आठ सय ६० दशमलव १३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया