Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफेरि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री आह्वान

फेरि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री आह्वान

चालू आवमा डेढ खर्बको विकास ऋणपत्र बिक्री गरिने


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले पुुनः १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुुसार फागुुन ११ गते मंगलबार आठ वर्षे अवधिको विकास ऋणपत्र २०८५, ‘घ’ बिक्री गर्न लागिएको हो ।ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपराह्न २ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार जारी मिति २०७७ फागुुन १२ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि वि.सं. २०८४ फागुुन १२ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकरसमेत लाग्नेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, विकास बंैक र फाइनान्स कम्पनीहरूले भने अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुुनेछ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

यसको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको टे«जरी बिल, ४० अर्ब रुपैयाँबराबरको बिकास ऋणपत्र, दुुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । फागुन ११ गते बिक्री गर्न लागिएको विकास ऋणपत्र चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋण तालिकाअन्तर्गतको दोस्रो विकास ऋणपत्र रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

आज पुनः दुुई अर्ब २३ करोडको टे«जरी
नेपाल राष्ट्र बैंकले फागुुन १० गते अर्थात् आज सोमबार पुनः दुुई अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको टे«जरी बिल जारी गर्ने भएको छ । यसअघि यही फागुन ३ गते दुुई अर्ब रुपैयाँको टे«जरी जारी गरेको राष्ट्र बैंकले आज पुुनः पुरानो नवीकरणअन्तर्गतको दुुई अर्ब २३ करोड रुपैयाँको टे«जरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो । टे«जरीको परिपक्व हुुने अवधि भने ९१ दिन अर्थात् २०७८ जेठ ११ गते तोकिएको छ । यसअघि यही फागुुन ३ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको टे«जरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया