Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारफोन लोनमा सर्वसाधारणको आकर्षण बढ्दै, सय दिनमा एक हजार जनाले लिए ऋण

फोन लोनमा सर्वसाधारणको आकर्षण बढ्दै, सय दिनमा एक हजार जनाले लिए ऋण


काठमाडौँ ।
फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तीव्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन्  । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन् । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको हो ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैंकले दुई लाख रुपैयाँसम्म यस्तो लोन दिने गरेका छन्  । बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंक सम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झट हुँदैन ।

ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । विनाधितो, विनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । उनले भने, एफवान सफ्टले जहिले पनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ । जसलाई बैंकहरूले एडप्ट गरिदिए । यो सुविधामा अहिले बैंकहरूमा आकर्षण निकै देखिएको छ ।

आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ । एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविकिो निर्माण गरेको छ । यस्तै एफवान सफ्टले ई–सेवा र फोन–पेजस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ । एफवान सफ्ट गु्रपले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया