Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सेवा

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सेवा


काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले आस्क मुुक्ति भाइ भर्चुअल सहयाता सेवा सुरु गरेको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरूको सुविधाको लागि ‘आस्क मुुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको हो । यो भर्चुअल सहयाता सेवामार्फत ग्राहकहरूले छिटो, छरितो र सहजरूपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धन्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याट वट सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्धतिबाट सञ्चालनमा ल्याएको छ  । यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्तिनाथ भाइ वा बैंकको मासकट ‘मुक्तिभाइ’किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया