बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा

काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालिबीच अप्पर खुदी जलविद्युत् आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बैंकले बुुधबार उक्त सम्झौतामा हस्ताक्षर गरेको हो । २१ दशमलव २१ मेगावाट क्षमता रहेको अप्पर खुदी जलविद्युत् आयोजनाको अनुमानित लागत चार अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युत्ले लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माणकार्य गरिरहेको छ ।
बैंक अफ काठमाण्डूको अगुवाइमा रहेकोे उक्त सहवित्तीयकरणको सदस्य बैंकहरूमा ग्लोबल आईएमईबैंक लिमिटेड, सिभिल बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड तथा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड रहेका छन् । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरूबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै ऊर्जा क्षेत्रमा बैंक अफ काठमाण्डू लिमिटेडको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बैंकस्तरीय कारोबार रकममा गिरावट
- १२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया