नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका मरासिनी नेपाल बैंकको सञ्चालक समितिको यही फागुन १० गते बसेको बैठकबाट सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए । सञ्चालक समितिका नवनियुक्त अध्यक्ष मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन ११ गतेका दिन पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
शपथग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति/रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा आफ्ना विचारहरू व्यक्त गर्दै नवनियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरूप्रति धन्यवाद समेत व्यक्त गरे । उनले बैंकको वित्तीय परिसूचकहरूमा थप सुधार ल्याउन तथा बैंकको व्यावसायिक विकासका लागि बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरे ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलगायत नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरू दीपेन्द्रविक्रम थापा, केदारप्रसाद पनेरु, डा. सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर जबरा, विष्णुकुमार अग्रवाल र ओमकृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराए । साथै, उक्त कार्यक्रममा बैंकका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तको समेत उपस्थिति रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया