Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखुम्चियो सेयर बजार

खुम्चियो सेयर बजार

४४ दसमलव ९४ अंकले बजार घट्दा छ अर्ब नौ करोडको सेयर किनबेच


काठमाडौ ।
सेयर बजार परिसुचक खुम्चिएको छ । अघिल्लो दिन १२ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार ४४ दसमलव ९४ अंकले ओरालो लागेर २५ सय ५४ दसमलव १३ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५३ अंकले ओरालो लागेर चार सय ६१ दसमलव ८१ अंकमा झरेको छ । आज १२ वटा उपसमुह अन्तर्गत कुल दुई सय छ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ८३ हजार चार सय सात पटकको कारोवारमा एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब नौ करोड ८१ लाख ८८ हजार चार सय १४ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका सबैको सुचक ओरालो लागेर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया