Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसातामा ३८ अर्ब ६० करोड २५ लाखको सेयर खरिदबिक्री

सातामा ३८ अर्ब ६० करोड २५ लाखको सेयर खरिदबिक्री

बजार परिसूचक २५ सय ५४ दशमलव १३ बिन्दुमा


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २५ सय ५४ दशमलव १३ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६१ दशमलव ८१ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय सातवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार चार लाख १८ हजार छ सय ५५ पटकको कारोबारमा नौ करोड ६२ लाख १७ हजार ७३ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ३८ अर्ब ६० करोड २५ लाख १४ हजार नौ सय १७ रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय आठवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोबारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रूपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेकोमा पहिलो दिन र चौथो दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो, तेस्रो, र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेका थिए ।

जसअनुसार पहिलो दिन बजार परिसूचक तीन दशमलव ६६ अंकले उकालो लागेर २६ सय ४० दशमलव ३४ बिन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव दुई अंकले ओरालो लागेर चार सय ७९ दशमलव ५८ बिन्दुमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर दुई हजार छ सय सात दशमलव ६७ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव २२ अंकले ओरालो लागेर चार सय ७० दशमलव ३६ बिन्दुमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक २१ दशमलव १६ अंकले ओरालो लागेर दुई हजार पाँच सय ८६ दशमलव ५१ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ९४ बिन्दुमा झरेको थियो ।

चौथो दिन भने बजार परिसूचक १२ दशमलव ५६ अंकले उकालो लागेर दुई हजार पाँच सय ९९ दशमलव सात बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव चार अंकले उकालो लागेर चार सय ७० दशमलव ३४ बिन्दुुमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक ४४ दशमलव ९४ अंकले ओरालो लागेर २५ सय ५४ दशमलव १३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५३ अंकले ओरालो लागेर चार सय ५१ दशमलव ८१ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा पनि यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेसनल हाइड्रोपावर कम्पनी अगाडि परेका छन् ।

बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । यस साता प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, स्पर्श लघुवित्त संस्था, आईसीएफसी फाइनान्ससहितका १५ वटा कम्पनीहरूको बोनस, साधारण तथा हकप्रद सेयर नियमित कारोबारका नेप्सेमा सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया