Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकहरूलाई त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा १० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा १० प्रतिशतसम्मको छुट


काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थितत्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले पोखरा र काठमाडौँमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका डिजिल बैंकिङमाध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरू तथा क्यासब्याक योजनाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया