Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा विस्तार

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा विस्तार


काठमाडौं ।
कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा आमन्त्रित अतिथिगणको उपस्थितिमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरूलाई हस्तान्तरण गरेका हुुन् ।
बैकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दे आईरहेको छ ।

‘यस क्यूआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने तथा चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरू रहेका छन् । त्यसैगरी, व्यवसायीहरू हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाइराख्नु पर्नेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराए ।

क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय–समयमा डिजिटल कारोबारसम्बन्धी सचेतना कार्यक्रमहरू समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले सात हजार तीन सयभन्दा बढी व्यापारीहरू फोन–पे क्यूआर डिजिटल भुक्तानी प्रक्रियामा आबद्ध गराइसकेको छ ।

बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया