Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआरमय

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआरमय


काठमाडौं ।
देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका तीन स्थानमा एकैपटक भव्य क्यूआर कोड समुद्घाटन समारोहको आयोजना गरेको हो । पोखराको नयाँबजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसीले संयुक्तरूपमा उक्त समारोहको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा श्रीमती सृजना कार्र्कीको पनि उपस्थिति रहेको थियो ।

यो सेवा सञ्चालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यूआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया