Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट

एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट


काठमाडौं ।
एनएमबी बैंकका ग्राहकरुले बी एण्ड बी अस्पतालमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको हो । उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरूलाई फार्मेसीबाट औषधि खरिद गर्दा पाँच प्रतिशत र अन्तरङ्ग (भर्ना)मा सात प्रतिशत छुट उपलब्ध गराउनेछ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र बी एण्ड बीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका हुुन् । बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया