Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता

कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता


काठमाडौं ।
आफ्ना ग्राहकहरूलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न सेवाहरू लिँदा सेवा प्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै उद्देश्य कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौँ इमेजिङसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौँ इमेजिङका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका हुुन् । उक्त सम्झौतापत्रअनुसार जीवन्त एडभान्स काठमाडौँ इमेजिङमा एमआरआई, सीटी स्क्यानलगायत अल्ट्रा साउन्ड् शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया