Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ

पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरू संकलनार्थ क्यूआर कोडको सेवा शुक्रबारबाट सुरु गरेको छ ।

एक औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट समुद्घाटन भएको हो । उक्त कार्यक्रम पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।

गभर्नर अधिकारीले डिजिटल दानपेटिकाको क्यूआर कोड स्क्यान गरी पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी समुद्घाटन गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले अब उपरान्त पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरूले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद दिए ।

साथै कार्यक्रमका प्रमुख अतिथि रहेका अधिकारीले नगदरहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रूपमा सञ्चालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरूको बारेमा प्रकाश पारे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया