Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसुचक २५ सय १५ अंकमा

सेयर बजार परिसुचक २५ सय १५ अंकमा

४० दसमलव ६४ अंकले बढ्दा पाँच अर्ब ६९ करोडको खरिद बिक्री


काठमाडौँ ।
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन उच्च अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने ४० दसमलव ६४ अंकले उकालो लागेर २५ सय १५ दसमलव तीन अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज छ दसमलव ४७ अंकले उकालो लागेर चार सय ५३ दसमलव ७५ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुुई सय नौ वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । ति कम्पनीहरुको ७० हजार तीन सय ३९ पटकको कारोवारमा एक करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा यसदिन कुल कारोवार रकम पाँच अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये सबैको सुचक बढ्दा सेयर बजार पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका सबै समुहको सुचक बढेकाछन ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया