Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक


काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसर पारेर कर्मचारीको सहभागितालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । सो प्रतियोगितामा देशभरबाट एक सय २४ जना बैंकका कर्मचारीहरूले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल चारवटा विधाहरूमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा आज आइतबार सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहका बीच सम्पन्न भएको थियो भने, कार्यक्रममा बैंकका अधिकांश कर्मचारीहरूले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेताहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीहरूमाझ हर्ष र उत्साह सिर्जना गर्ने भएकाले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने भनेर उल्लेख गर्दै सबै कर्मचारीहरूलाई यस किसिमका कार्यक्रमहरूमा सहभागिता जनाउन प्रोत्साहन गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया