Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहल्लाले सेयरबजार हल्लायो

हल्लाले सेयरबजार हल्लायो

बजार पुँजीकरणमा उच्च गिरावट


काठमाडौँ ।
नेपाली सेयरबजार फेरि एकपटक हल्लाको पछि लागेको छ । हल्लाको कारण नेपाली सेयर बजारमा पटक–पटक उच्च वृद्धि र उच्च गिरावट आउने गरेको छ । सेयर बजारलाई विश्वभर नै हल्लाले चलायमान बनाउने गरे पनि नेपालमा अन्य देशभन्दा धेरै नै हल्लाको भरमा बजार प्रभावित हुने गरेको छ ।

राजनीतिक अस्थिरता बढेको आशंका र तत्काल सरकार ढल्ने हल्ला चलेपछि केही दिनदेखि नेपाली सेयरबजार ओराले लागेको छ । सोमबार भने बजारमा केही सुधार आएको थियो । तर, उक्त सुधारमा पनि कुनै कारण देखाइएको छैन । मंगलबार सेयरबजार एक्कासि घट्यो तर त्यसको पनि कुनै कारण छैन । एक सातादेखि चलेको राजनीतिक अस्थिरताको हल्लाले नै बजारलाई प्रभावित पारिरहेको छ ।

मंगलबार बजार खुलेको केही समय सेयरबजार केही माथि गए पनि पछि भने एकाएक बजार घटेको थियो । हल्लाको पछि लागेर अहिलेको अवस्थामा घाटा खाएर सेयर बिक्री नगर्न सेयर बजारका विश्लेषकहरुले आग्रह गरेका छन् । सोमबार ४१ अंकले सुधारिएको सेयर बजार मंगलबार झण्डै ६० अंकले ऋणात्मक भयो । राजनीतिक हल्लाको कारण सेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पुँजीकरणसमेत उल्लेख्य रूपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै दुई खर्ब ५० अर्ब बढी गुमाएका छन् । यो क्रम अझै कति दिन चल्ने कुनै निश्चित छैन । नेप्सेमा मंगलबार करिब ५९ अंकको संकुचन आउँदा बजार पुँजीकरणसमेत घट्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ८२ अर्ब ८६ करोड ९९ लाख २० हजार बराबर पुगेको थियो । नेप्से मंगलबार ५९.७० विन्दुले घटेर दुई हजार ४५५.३३ मा पुगेको थियो । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८० विन्दुले घटेर ४४३.९५ मा झरेको छ ।

मंगलबार कुल २०८ कम्पनीको एक करोड ३१ लाख छ हजार सात सय ३८ कित्ता सेयर छ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ मूल्यमा खरिदबिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर उकालो लाग्दा ११ उपसमूहको सेयर भने ओरालो लागेको छ । व्यापार २७८.४९ र होटल तथा पर्यटन १६.८६ विन्दुले बढ्दा बैंकिङ ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत् ४०.९९, वित्त २२.८५, निर्जीवन बीमा ३४३.५७, उत्पादन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, जीवन बीमा ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी १.९१ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा एसियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड २६ लाख ९४ हजार एक सय ७६ बराबरको कारोबार भयो ।

नेपाल पूर्वाधार बैंक २५ करोड ८० लाख ७१ हजार दुई सय ९५, नेपाल बैंक २२ करोड ६९ लाख २६ हजार एक सय ६२, शिखर इन्स्योरेन्स २१ करोड ६९ लाख २२ हजार सात सय २७, कुमारी बैंक २० करोड ४८ लाख ६७ हजार एक सय ४६, नेपाल लाइफ इन्स्योरेन्स २० करोड २३ लाख ६६ हजार १८०, एनआइसी एसिया बैंक १७ करोड ७९ लाख ३५ हजार छ सय ६४, नबिल बैंक १७ करोड पाँच लाख नौ हजार तीन सय छ, हिमालयन डिस्टिलरी १६ करोड ५९ लाख ७४ हजार छ सय ४४ र ग्लोबल आइएमई बैंक १५ करोड ९० लाख ७१ हजार एक सय २२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट टे«डिङका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स ९.८९, हिमालयन पावर पार्टर ८.८९, एचआईडीसीएल २.१७, नेपाल इन्भेस्टमेन्ट डिबेञ्चर १.९५, गुडविल फाइनान्स १.९३ र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् । यस्तै, नेपाल हाइड्रो डेभलपमर ७.३१, कर्पोरेट डेभलपमेन्ट बैंक ६.८२, सिनर्जी पावर ६.४४, साधाना लघुवित्त ५.९३, गुह्येश्वरी मर्चेन्ट ५.८३, लक्ष्मी इक्विटी फण्ड ५.७२, मिर्मिरे माइक्रो फाइनान्स ५.६३, सूर्योदय लघुवित्तका लगानीकर्ताले ५.५८ प्रतिशतले गुमाएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया