Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्सको चौथो शाखा सैनामैनामा

नेपाल फाइनान्सको चौथो शाखा सैनामैनामा


काठमाडौं ।
नेपाल फाइनान्सले बुटवलको सैनामैनामा पनि शाखा खोलेको छ । काठमाडौँ महानगर पालिका वडा नं. २८ मा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्नो चौथो शाखा यही फागुुन नौ गतेदेखि रूपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मुर्गीया बजारमा शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ संस्थाका सञ्चालक दिप्रश शाक्य गरेका हुन् । कार्यक्रममा संस्थाका सञ्चालक राजन प्रजापति, प्रमुख कार्यकारी अधिकृत उद्ववराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रूपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रीय कार्यालयसहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोकको बनेपामा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ ।

ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पुँजी करिब ५५ करोड पुग्नेछ भने एकबराबर एक दशमलव ७५ दरले हकप्रद सेयर जारीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरिसकेको छ त्यसैगरी फाइनान्सले कास्कीको माच्छापुच्छ्रे गाउँपालिका, बर्दाघाट सुस्तापूर्वको गैडाकोट, जनकपुरको धनुषाधाम, हेटौँडामा शाखा कार्यालय र काठमाडौँको कान्तिपथ र कालिमाटीमा विस्तारित काउन्टर पनि यसै आवमा सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ । योसँगै फाइनान्सले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैंकिङ सेवा समेत छिटै सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया