Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकद्वारा बचतको बानी बसाल्ने भिडियो सार्वजनिक

नबिल बैंकद्वारा बचतको बानी बसाल्ने भिडियो सार्वजनिक


काठमाडौं ।
नबिल बैंकले बचतको बानी बसाल्ने भिडियो सार्वजनिक गरेको छ । सबै किसिमका ग्राहकहरूको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारेमा सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि भिडियो सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यो भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो ।

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतारचढाव हुँदै अहिलेको दिनसम्म आइपुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुखदुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियोमार्फत देखाइएको छ । नबिल बैंकले बितेका दिनहरूमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैंको माया र साथ पाउने अपेक्षा गरिएको छ । नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौँको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया