Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रोग्रेसिभ फाइनान्स २६औँ वर्षमा प्रवेश

प्रोग्रेसिभ फाइनान्स २६औँ वर्षमा प्रवेश


काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्स लिमिटेड २६औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिने जनाएको छ । लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरूमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापीरूपमा बैंकिङ पहुुँचबाट बन्चित रहेका निम्न तथा मध्यम वर्गीय परिवारसमक्ष वित्तीय सेवा पु-याउने उद्देश्यका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए ।

विसं २०७६ वैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्त कम्पनीलाई निर्धारण भएको चुक्ता पुँजी ८० करोड पु¥याएपछि संस्थाले नयाँ गति लिएको हो । आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यावसायिक क्षमता अभिवृद्धिजस्ता कारणहरूले यस प्रोग्रेसिभ फाइनान्सले आफ्नो वित्तीय स्वास्थ्य सुधार गरिरहेको बैंकका अध्यक्ष किशोरकुमार महर्जनले जानकारी दिए । फाइनान्सले हालसम्म १० वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन कार्यालयहरूबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको र अन्य चारवटा शाखाहरू विस्तारको अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत हुमागाईंले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया