Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य

कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य


काठमाडौं ।
कुमारी बैंक लिमिटेड र केजीएच ग्रुपबीच होटलका विशेष सेवाहरूमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरूलाई विशेष छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रिय राख्नलगायत शारीरिक स्फूर्ति एवं मानसिक ऊर्जा र सचेतना पुनर्जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत केजीएच ग्रुप, अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरूमा आकर्षक छुटको प्रावधान मिलाएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरूले उक्त केजीएच ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टहरूमा खानपानमा, स्पा सुविधाहरूमा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया