Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा

लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा


काठमाडौं ।
माबिलुङ्ग इनर्जी लिमिटेडको संखुवासभा जिल्लाको साबिकको सिद्धकाली र मावादिन गाविसमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने चार दशमलव ९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाइमा माछापुच्छ्रे बैंक समेत जम्मा दुुईवटा वाणिज्य बैंकहरूले सहवित्तीयरकणअन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । बैंकका अनुसार सोमबार कर्जा सम्झौता भएको उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैयाँ ९३ करोड ७० लाख रहेको छ ।

माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदसम्बन्धी सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत् उत्पादन अनुमति प्राप्त गरेको छ । माबिलुङ्ग इनर्जीलाई एसियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरूले प्रवद्र्धन गरेका छन् । कम्पनीको अध्यक्ष पदमा भने राजेशलाल श्रेष्ठ रहेका छन् ।

बैंकहरूले आयोजना लागतको ७० प्रतिशत अर्थात् ६५ करोड ५९ लाख र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ । उक्त आयोजनाको लागि लक्ष्मी बैंकले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गर्ने छ । उत्पादन क्षमता चार दशमलव ९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झण्डै २८ दशमलव ४१७ गेगावाट आवर विद्युत् वार्षिकरूपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा सञ्चालनमा आउनेछ ।

नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०१९/२० को समीक्षा प्रतिवेदनअनुसार सो आर्थिक वर्षमा स्वतन्त्र ऊर्जा उत्पादकहरूले जम्मा १५ वटा नयाँ आयोजनामार्फत संयुक्तरूपमा एक सय ३५ दशलव ३९ मेगावाट विद्युत् उत्पादन गरीराष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरूलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरू सञ्चालनमा आएका छन् र तिनीहरूको संयुक्त उत्पादन छ सय ९६ दशमलव १७ मेगावाट रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया