Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित

सेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित

३९ अंकले ओरालो लाग्दा छ अर्ब २५ करोडको सेयर खरिद बिक्री


काठमाडौं ।
सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५९ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन बुधबार पनि ३९ दसमलव २३ अंंकले ओरालो लागेर २४ सय १६ अंकमा सिमित हुन पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव १२ अंंकले ओरालो लागेर चार सय ३६ दसमलव ८० अंकमा छ । आज कुल १३ वटा उपसमुह अन्र्तगतका दुई सय १२ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ६३ हजार छ सय ७४ पटकको कारोवारमा एक करोड १३ लाख ९२ हजार एक सय ३५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुद कुल कारोवार रकम छ अर्ब २५ करोड ४८ लाख नौ हजार चार सय ४२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये दुई वटा उपसमुहको सुचक उकालो लागेकाछन भने बाँकी समुहको सुचक ओरालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु घटेकाछन भने टे«डिङ र होटल तथा लगानी समुहको सुचक बढेकाछन ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया