Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसियन लाइफले लाभांश नदिने

एसियन लाइफले लाभांश नदिने


काठमाडौं ।
एसियन लाइफ इन्स्योरन्सले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट कुुनै पनि किसिमको लाभांश नदिने भएको छ । कम्पनीको यही फागुुन १८ गते मंगलबार बसेको सञ्चालक समितिको एक सय ६०औँ बैठकले कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले उक्त आवमा कमाएको नाफा जगेडा कोषमा नै राख्ने निर्णय गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा भने १७ करोड ६० लाख ५४ हजार सात सय ६६ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड १३ लाख ९७ हजार छ सय ४२ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५१ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३९ रुपैयाँ ८८ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया