Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसुचक २५ सय छ अंकमा

सेयर बजार परिसुचक २५ सय छ अंकमा

९० दसमलव ६७ अंकले उकालो लाग्दा छ अर्ब पाँच करोडको सेयर खरिद बिक्री


काठमाडौँ ।
सेयर बजार परिसुचक उच्च बिन्दुले उकालो लागेको छ । साताको सुरुवाती कारोवार दिनदेखि लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार ९० दसमलव ६७ अंकले उकालो लागेर २५ सय छ दसमलव ६८ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दसमलव ६७ अंकले उकालो लागेर चार सय ५१ दसमलव ४६ अंकमा चढेको छ । आज १a३ वटा उपसमुह अन्र्तगत दुुई सय छ वटा कम्पनीहरुको कारोवार भएकाछन । जसबाट ६५ हजार एक सय ७४ पटकको कारोवारमा एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा यसदिन कुुल कारोवार रकम छ अर्ब पाँच करोड ८१ लाख चार हजार तीन सय १७ रुपैयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका सबैको सुचक उकालो लागेपछि सेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया