ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

काठमाडौं ।
ज्योति विकास बैंकले दुईवटा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवर्द्धन कोष’बाट बेनी अस्पताल, बेनी नगरपालिका वडा नं. ८ म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं. १– बाग्लुङलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको हो । बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो ।
बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ । बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्तरुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जंग अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्तरुपमा अस्पताल संचालक समितिकी सदस्य सीता कंडेल र डा. मिलन मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल– कपिलवस्तु, मध्यविन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल–प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र–महोत्तरी, आम्दा अस्पताल–झापा, जिल्ला अस्पताल–खोटाङ्ग, सामरी स्वास्थ्यचौकी–सामरी, बेनी अस्पताल– म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र–बाग्लुङलाई एक–एक थान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।
नेपाली समाजमा स्थानीय तहमा सुषूप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।
बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा, न्यानो नानी (बेबी वार्मर) बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि आठ लाख रुपैयाँ प्रदान गरेको थियो ।
बैंकले हाल एक सय पाँच वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाख बढी खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया