Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण

महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण


काठमाडौं ।
महालक्ष्मी विकास बैंकले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकामा सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले फागुन १७ गते सोमबार सिद्धार्थनगर न. पा.–४, दोगहरामा अवस्थित दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत दुई सय ७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।

सिद्धार्थनगर नगरपालिका ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया