प्रोग्रेसिभ फाइनान्सको छ महिनाको नाफा दुई करोड ८२ लाख

काठमाडौँ ।
प्रोग्रेसिभ फाइनान्सले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ८२ लाख दुई हजारछ सय ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई करोड नौ लाख ९७ हजार दुई सय ९२ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब १८ करोड ३७ लाख ७५ हजार तीन सय ५८ रुपैैयाँ निक्षेप संकलन गरी एक अर्ब ६८ करोड ३८ लाख ६६ हजार पाँच सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ६२ लाख ४५ हजार नौ सय ७९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
यस अवधिमा चार दशमलव ७० प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने तीन करोड ३८ लाख ७० हजार नौ सय १७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ७४ करोड ४३ लाख ९९ हजार आठ सय ५७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड १० लाख ५० हजार तीन सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा चार करोड १९ लाख सात हजार दुई सय ९८ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया