Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिंगटी हाइड्रो इनर्जीले २९ करोड रुपैयाँको सेयर जारी गर्ने

सिंगटी हाइड्रो इनर्जीले २९ करोड रुपैयाँको सेयर जारी गर्ने


काठमाडौँ ।
सिंगटी हाइड्रोपावर कम्पनीले २९ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही चैत छ गतेबाट २९ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्न लागेको हो । कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २९ करोड रुपैयाँबराबरको २९ लाख कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागिएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही चैत १० गते र ढिलोमा चैत्र २० गते बन्द हुुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता, सामूहिक लगानी कोषको लागि पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता र बाँकी २६ लाख ९७ हजार कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम दुई लाख कित्तासम्मको सेयर खरिद लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया