Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिसान लघुवित्तले कमायो नाफा तीन करोड ७२ लाख

किसान लघुवित्तले कमायो नाफा तीन करोड ७२ लाख


काठमाडौँ ।
किसान लघुवित्त वित्तीय संस्थाले चालुु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ७२ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४४ लाख ७६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ३९ करोड २८ लाख आठ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब तीन करोड ९१ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९८ करोड ९६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १७ करोड १० लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ७५ लाख ५२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात सात दशमलव ५० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ३० करोड ९२ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९२ करोड १७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८९ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८९ लाख ४० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया