Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमहामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा नबिल बैंकको साथ

महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा नबिल बैंकको साथ


काठमाडौँ ।
नबिल बैंकले महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा साथ दिएको छ । बैंकले कोभिड–१९ महामारीविरूद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, एसियाली प्रकोप तत्परता केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र चौधरी फाउन्डेसनद्वारा स्थानीय अग्रपङ्क्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरिएको छ ।

महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरूमा सम्पन्न भइसकेको छ भने अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन प्रकोपजस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएकोे छ । दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका दुई सय ८० भन्दा बढी अग्रपङ्तिका स्वास्थ्यकर्मीहरूले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिए ।

उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतीहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्दछ र अग्रपङ्तिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिकासहित ज्ञान आदानप्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मदत गर्छ ।

स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहल हो, जुन संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पु-याएकोमा प्रशंसनीय छ ।

कोभिड–१९ जस्ता महामारीको बेला सरकार र नागरिक समाज संगठनहरूको पहललाई सहयोग पु¥याउन निजी क्षेत्रले स्थानीयरूपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरू चाल्न सक्छन् । यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालाहरूलाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रको रूपमा उभ्याउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया