Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमुक्तिनाथ विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता


काठमाडौं, पुस २४
मुक्तिनाथ विकास बैंक र एनआईबीएल एस क्यापिटल लिमिटेडविच सम्झौता भएको छ । दुुवै निकायका प्रतिनिधिहरूबीच एनआईबीएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् देशभरि रहेको ग्राहकहरूलाई समेट्ने गरी सातवटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरूबाट एनआईबीएल सहभागिता फण्ड खरिद तथा बिक्रीसम्बन्धी कार्य गर्न सक्नेछन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया