Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल बंगलादेश बैंकद्वारा विद्यार्थीलाई प्रशिक्षण

नेपाल बंगलादेश बैंकद्वारा विद्यार्थीलाई प्रशिक्षण


काठमाडौं, पुस २४
नेपाल बंगलादेश बैंकले विद्यार्थीहरूलाई अभिमुुखीकरणसम्बन्धी तालिम दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमअन्र्तगत फिदिम ४ पाँचथरस्थित गढी माध्यमिक विद्यालयमा मैत्री समाज नेपालको सहायताले सो विद्यालयका ३० दृष्टिविहीन विद्यार्थीहरूलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको एक हप्ताको प्रशिक्षण सम्पन्न गरेको हो ।

सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरू भाग लिएको बैंकले जनाएको छ । उक्त प्रशिक्षणले विद्यार्थीहरूलाई सामान्य मार्गनिर्देशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ-याङ, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाइ सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरूबारे पर्चा वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय बालबालिकाहरूलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया