Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२ कम्पनीले पाए ११ अर्ब ५८ करोडको साधारण सेयर निष्काशन अनुुमति

१२ कम्पनीले पाए ११ अर्ब ५८ करोडको साधारण सेयर निष्काशन अनुुमति


काठमाडौँ ।

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष सुरु भएयता हालसम्म ११ अर्ब ५८ करोड ८८ लाख ७२ हजार एक सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ ।बोर्डका अनुसार २०७७ साउन ४ गतेदेखि २०७७ फागुुन ७ गतेसम्म सबै किसिमका गरी १२ वटा कम्पनीहरुलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ५८ लाख ८८ हजार सात सय २१ कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति दिइएको हो ।

अनुमति पाउनेहरुमा बीमातर्फ रिलायन्स लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स कम्पनी र प्रभुु लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यीमध्ये रिलायन्सले ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता, जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता, सानिमा जनरलले पनि ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता, प्रभुु लाइफले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता र ज्योति लाइफले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएका हुुन् ।

यसरी अनुुमति पाउने कम्पनीहरुमध्ये ज्योतिबाहेकका सबै बीमा कम्पनीहरुले साधारण सेयर बिक्री गरिसकेका छन् । ज्योति लाइफले भने यही फागुुन २३ गतेबाट सेयर बिक्रीको आह्वान गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको ज्योतिको सेयर बिक्री कार्य छिटोमा यही फागुन २९ गते र ढिलोमा चैत ८ गते बन्द हुुने कार्यतालिका छ ।
लघुुवित्ततर्फ भने समाज लघुुवित्त वित्तीय संस्था र महिला लघुुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्न अनुुमति पाएका थिए ।

जसमध्ये ८६ लाख रुपैयाँबराबरको ८६ हजार कित्ता र महिलाले चार करोड रुपैयाँबराबरको चार लाख कित्ता साधारण सेयरको लागि अनुुमति पाएको थियो । अनुुमति पाएका यी दुुवै संस्थाले सेयर बिक्री कार्य सम्पन्न गरिसकेका छन् । बोर्डका अनुसार जलविद्युुत् कम्पनीतर्फ भने सिंगटी हाइड्रोपावर कम्पनी, रुरु जलविद्युुत् कम्पनी र ग्रिन लाइफ हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएका थिए ।

यी कम्पनीहरुले सिंगटीले ४३ करोड रुपैयाँबराबरको ४३ लाख, रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँबराबरको आठ लाख १५ हजार चार सय ११ र ग्रिन लाइफले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको ३४ लाख ९६ हजार चार सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएका थिए । यीमध्ये सिंगटीले यही चैत ६ गते बिक्री प्रबन्धक मेगा क्यापिटलमार्फत साधारण सेयरको बिक्री आह्वान गरेको छ भने बाँकी कम्पनीहरुले सेयर बिक्री गरिसकेका छन् ।

बोर्डका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता र चन्द्रागिरि हिल्स लिमिटेडले पनि १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको १८ लाख ४० हजार नौ सय १० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएका थिए । अनुुमति पाएका यी दुवै कम्पनीहरुले साधारण सेयरको बिक्री कार्य सम्पन्न गरिसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया