मेगा बैंकद्वारा लुम्बिनी क्षेत्रमा ब्ल्याङ्केट सहयोग
काठमाडौं, पुस २४
मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ । बैैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्था गरेको हो । शीतलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत एक सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले जनाएको छ ।
लुम्बिनी विकास मञ्चको आयोजनामा ‘न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं’ भन्ने मूल नाराका साथ ‘निःशुल्क न्यानोपन अभियान २०७६’ सञ्चालन भइरहेको जसमा बैंकले गरेको सहयोगबाट यी समुदायमा रहेका करिब एक सय ५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएका छन् । ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरूको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया