Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसपोर्ट लघुवित्तको सेयर दाखिला बन्द हुने

सपोर्ट लघुवित्तको सेयर दाखिला बन्द हुने


काठमाडौं ।
सर्पोट लघुुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । संस्थाको आगामी चैत २० गते हुुने छैटौँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि चैत छ गतेदेखि चैत २० गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुन लागेको हो ।

संस्थाले यही चैत २० गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । उक्त सभामार्फत संस्थाले मर्जर तथा प्राप्ति समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ५८ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ६३ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी छ करोड ६० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २१ करोड चार लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब चार करोढ ७१ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड १३ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ लाख ६८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ६२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा संस्थाले १७ करोड सात लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड दुुई लाख ३६ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ५० लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ लाख ५७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया