Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

नेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता


काठमाडौं ।
नेपाल बङलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरूले हिमाल डेन्टल हस्पिटलको काठमाडौँ उपत्यकामा रहेका शाखाहरू तथा काठमाडौँबाहिरका शाखाहरूमा उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेगरी उक्त सम्झौता गरेको हो ।

सम्झौतामा बैंक तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ । उक्त सम्झौताबाट नेपाल बंगलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हिमाल डेन्टल हस्पिटलको काठमाडौँ उपत्यकामा पाँच तथा उपत्यकाबाहिर आठवटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । बैंकले हाल ९९ शाखा, सातवटा एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया