Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकका ग्राहकहरूलाई ‘द होराइजन होटल र आगन्तुक रिसोर्ट’मा सहुलियत

एनएमबी बैंकका ग्राहकहरूलाई ‘द होराइजन होटल र आगन्तुक रिसोर्ट’मा सहुलियत


काठमाडौं ।
एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरूले द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुटको व्यवस्था पाउने भएका छन् । एनएमबी बैंकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारीअनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ, स्पा सुविधाहरूमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ, हेल्थ क्लब र बर्थडे केकहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा एनएमबीका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका थिए । अत्याधुनिक बैंकिङ सुविधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबी बैंकले ग्राहकहरूलाई यो छुटको व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया